चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा
सारांश
- चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवा रिहा भएका छन् ।
- सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मामा उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले छाडेका हुन् ।
- चीनको क्षेत्रमा प्रवेश गरेको आरोपमा ७ दिन न्यालम काउन्टीमा राखेपछि उनीहरूलाई रिहा गरिएको हो ।
काठमाडौँ । काठमाडौँबाट चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवा रिहा भएका छन् । चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मा लगाएका हुन् ।
असार १२ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई चीनसँग सीमा जोडिएको लप्ची क्षेत्रबाट चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । उनीहरू काठमाडौँबाट घुम्न भनेर बिगु हुँदै लाप्ची पुगेका हुन् । ड्रोन उडाएको आरोपमा पक्राउ गरेको भनिएपछि उनीहरूले ड्रोन नउडाएको नेपाली अधिकारीहरूसँग बताएका छन् ।
उनीहरूलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोदारीका इन्स्पेक्टर केशव केसीले रातोपाटीलाई बताए । चीनको क्षेत्रमा प्रवेश गरेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको चिनियाँ सुरक्षाकर्मीहरूले नेपाली अधिकारीहरूलाई बताएका छन् । ७ दिन न्यालम काउन्टीमा राखेर उनीहरूलाई शुक्रबार रिहा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण