विद्युत् व्यापारमा सरकारले उचित कदम चलोस्, उत्पादित बिजुली खेर जान दिनु भएन : गुरुङ
सारांश
- राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्नुपर्ने बताएकी छन्।
- उनले उत्पादित बिजुली खेर जान नदिन प्रसारण लाइन र भण्डारणको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
- सांसद गुरुङले जलविद्युत आयोजनाहरू समयमा सम्पन्न गर्न र आन्तरिक विद्युत् खपत बढाउन पनि सरकारको ध्यानाकर्षण गराइन्।
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताएकी छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।
उत्पादित विद्युत् समेत प्रसारण लाइन र भण्डारणको उचित व्यवस्था नहुँदा उपयोग हुन नसकेकाले सरकारले यसको आवश्यक प्रबन्ध गरी ऊर्जा व्यापारको विषयमा ठोस कदम चाल्नुपर्ने उनले बताइन्। उनले समयमै जलविद्युत आयोजनाहरू सम्पन्न गर्न पनि सरकारलाई दबाब दिइन्।
संसद्मा बोल्दै सांसद गुरुङले भनिन्, ‘आज पनि धेरै जलविद्युत आयोजनाहरू समयमा नै सम्पन्न हुन सकेका छैनन्। कतै प्रसारण लाइन निर्माणमा ढिलाइ छ, कतै जग्गा अधिग्रहणको समस्या छ, कतै वातावरणीय प्रभाव मूल्याङ्कनको विषय अड्किएको छ। परिणाम स्वरूप उत्पादन भएको विद्युत् समेत पूर्ण रूपमा उपयोग हुन सकेको छैन। यो केवल प्रशासनिक कमजोरी होइन, राष्ट्रिय स्रोतको उपयोगमा भएको गम्भीर कमजोरी पनि हो। ऊर्जा व्यापारमा सरकारले उचित कदम चाल्नुपर्दछ।’
सांसद गुरुङले आन्तरिक रूपमा विद्युत्को खपत क्षमता बढाउनका लागि पनि सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण