नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने भएका छन् ।
- उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन डीसी जाने तयारी गरिरहेका हुन् ।
- हालैको टेलिफोन वार्तामा दुवै नेताले निकट भविष्यमै आमनेसामने भेट गर्ने सहमति गरेका छन् ।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने भएका छन् । नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन डीसी जाने तयारी गरिरहेका हुन् ।
इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले उनको भ्रमणबारे समाचार लेखेको छ । स्रोतका अनुसार शुक्रबार साँझ नेतन्याहु र ट्रम्पबिच टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा दुवै नेताले निकट भविष्यमै आमनेसामने भेट गर्ने सहमति गरेका छन् । इरानसँगको युद्ध सुरु हुनुअघि यता यी दुई नेताबिच प्रत्यक्ष भेट भएको छैन ।
शनिबार प्रकाशित एक अन्तर्वार्तामा ट्रम्पले नेतन्याहुबारे टिप्पणी गर्दै भनेका छन्– ‘उहाँलाई मालिक को हो भन्ने थाहा छ ।’ यसअघि जुन महिनाको मध्यतिर सार्वजनिक भएको एक समाचारमा इरानसँगको वार्ता र हिजबुल्लाहसँग लेबनानमा भएको युद्धविरामसम्बन्धी बढ्दो तनावका बिच नेतन्याहुले ट्रम्पसँग तत्काल भेटको पहल गरेको दाबी गरिएको थियो ।
तर त्यसबेला नेतन्याहुको कार्यालयले उक्त समाचारको खण्डन गर्दै त्यस्तो कुनै औपचारिक अनुरोध नगरिएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण