नेपाल प्रहरीको प्रष्टीकरण, ‘अख्तियारमा कार्यरत प्रहरीको काज सरुवा नियमित प्रक्रिया’
सारांश
- नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृतहरूको काज तथा सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको स्पष्ट पारेको छ।
- प्रहरी प्रधान कार्यालयले २०८३ असार १८ र १९ गतेको पत्रानुसार यो सरुवा प्रचलित कानुनी व्यवस्था र स्थापित प्रशासनिक प्रक्रिया बमोजिम गरिएको जनाएको छ।
- नेपाल प्रहरीले तथ्य र आधिकारिक जानकारी बिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही सिनियर प्रहरी अधिकृतहरूको काज तथा सरुवा सम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको स्पष्ट पारेको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३ असार १८ र १९ गतेको पत्रानुसार सम्बन्धित प्रहरी अधिकृतहरूको काज र सरुवा गरिएको प्रहरीले जनाएको छ। यो सरुवा कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य कुनै विषयसँग सम्बन्धित नभई प्रचलित कानुनी व्यवस्था र स्थापित प्रशासनिक प्रक्रिया बमोजिम नियमित कर्मचारी व्यवस्थापनको सिलसिलामा गरिएको विज्ञप्तिमा उल्लेख छ।
तथ्य र आधिकारिक जानकारी बिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने र सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने प्रहरीको भनाइ छ। यस्ता भ्रामक समाचारले प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने भएकाले अपुष्ट र तथ्यहीन सूचनाको पछि नलग्न प्रहरीले सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरी सदैव कानुनी व्यवस्था, पारदर्शिता, निष्पक्षता तथा स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण