संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
सारांश
- संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित प्रहरी प्रमुखहरूको सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्बोधन गरेका छन् ।
- आईजीपी कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासन सुदृढीकरणमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेको बताए ।
- उनले सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणमा सबै राष्ट्रहरू एकजुट भएर अघि बढ्न आह्वान गरे ।
काठमाडौँ । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित प्रहरी प्रमुखहरूको सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्बोधन गरेका छन् । जुलाई ७ देखि जारी रहेको सम्मेलनलाई सम्बोधन गर्दै आईजीपी कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासन सुदृढीकरणमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेका बताए ।
पाँचौँ संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिट अमेरिकास्थित युएन (संयुक्त राष्ट्रसङ्घ) को प्रधान कार्यालयमा भइरहेको छ । आईजीपी कार्कीले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय सङ्गठित अपराध, आतङ्कवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान नहुने बताए ।
उनले भने, ‘सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने देखिन्छ ।’ आईजीपी कार्कीले युएन मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ आफ्नो भूमिका निर्वाह गरेको बताए ।
उनले भने– ‘विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गर्दछु ।’ महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानवअधिकारको सम्मान तथा कानुनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।
उनले शान्ति र सुरक्षाका साझा चुनौतीहरूको प्रभावकारी समाधानका लागि सदस्य राष्ट्रहरूबिच विश्वास, समन्वय र साझेदारी अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै भने– ‘सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणमा सबै राष्ट्रहरू एकजुट भएर अघि बढ्न आह्वान गर्दछु ।’
नेपाल प्रहरीको तर्फबाट प्रस्तुत सो सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सुरक्षा दृष्टिकोण, व्यावसायिक क्षमता तथा विश्व शान्तिप्रतिको दृढ प्रतिबद्धतालाई प्रभावकारी रूपमा उजागर गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
-
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण