बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन

बिहीबार, २५ असार २०८३, १४ : ५७
बिहीबार, २५ असार २०८३

सारांश

  • सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
  • उनले सुनुवाइका लागि उजुरी दिने समयभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय छलफल महत्त्वपूर्ण हुने बताए ।
  • उनले अमेरिकालगायतका मुलुकमा हुने संसदीय सुनुवाइको उदाहरण दिँदै योग्य उम्मेदवारको क्षमता र प्रतिबद्धता सार्वजनिक रूपमा परीक्षण हुने अभ्यासबाट नेपालले पनि सिक्नुपर्ने बताए ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले आगामी सुनुवाइलाई प्रक्रियासम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

उनले सुनुवाइका लागि उजुरी दिने समयभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय छलफल महत्त्वपूर्ण हुने बताए । उनले प्रस्तावित पदाधिकारीहरूको योग्यता, क्षमता, कार्ययोजना र प्रतिबद्धताबारे नागरिकले स्पष्ट रूपमा जानकारी पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । सार्वजनिक रूपमा व्यक्त गरिएका प्रतिबद्धताले सम्बन्धित पदाधिकारीलाई भविष्यमा थप जिम्मेवार बनाउने उनको भनाइ छ ।

उनले भने, ‘आगामी सुनुवाइहरूलाई व्यवस्थित गरेर लैजाऔँ, प्रभावकारी बनाऔँ । हतारोमा नगरौँ, तर सुनुवाइ गर्दा एउटा प्रक्रियासम्मत ढङ्गले, पारदर्शी ढङ्गले गर्नुपर्छ । मैले यो भन्दा अगाडि पनि भने बहुमत प्राप्त दलको संसदीय नेता प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, राज्यका ३ अङ्गका प्रमुखहरू भएको एउटा विशिष्ट नेतृत्वले गरेको निर्णयलाई हामीले सुनुवाइ गर्दैछौँ । हाम्रो नयाँ अभ्यास पनि हो नेपालको हकमा, यो अभ्यासलाई एक–दुई पटक राम्रोसँग अभ्यास गरिएको पनि छ ।’ 

उनले अमेरिकालगायतका मुलुकमा हुने संसदीय सुनुवाइको उदाहरण दिँदै योग्य उम्मेदवारको क्षमता र प्रतिबद्धता सार्वजनिक रूपमा परीक्षण हुने अभ्यासबाट नेपालले पनि सिक्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप