पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
सारांश
- पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न ३६औँ अधिवेशनमा अध्यक्षका लागि वर्तमान महासचिव शोभा गौतमले उम्मेदवारी घोषणा गरेकी छिन् ।
- सङ्घको अधिवेशन भदौ २० र २१ गते हुने गरी मिति तय भएको छ ।
- गौतमले आफू निर्वाचित भए सङ्घको इतिहासमा पहिलो महिला नेतृत्व हुने र नयाँ इतिहास रच्ने दाबी गरेकी छिन् ।
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न अधिवेशनमा अध्यक्षका लागि वर्तमान महासचिव शोभा गौतमले उम्मेदवारी घोषणा गरेकी छिन् । सङ्घको ३६औँ अधिवेशन भदौ २० र २१ गते हुने गरी कार्यसमिति बैठकले निर्णय गरेको छ ।
अधिवेशनको मिति तय भएसँगै गौतमले आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा उभ्याएकी हुन् । उनी विभिन्न उपसमितिको सदस्य हुँदै कार्यसमिति सदस्य, उपमहासचिव र हाल महासचिवमा निर्वाचित भएकी हुन् । हालसम्म पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा महिला पुगेका छैनन् । आफूले नयाँ इतिहास रच्ने उनले दाबी गरिन् ।
‘आजसम्म पोखरा उद्योग वाणिज्य सङ्घको इतिहासमा कुनै पनि महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छैन,’ उनी भन्छिन्, ‘त्यसैले मेरो उम्मेदवारी व्यक्तिगत आकाङ्क्षा मात्र नभएर अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनप्रतिको सामूहिक विश्वासको अभियान हो ।’
सङ्घलाई अझ सशक्त, समावेशी, व्यवसायीमैत्री र भविष्यमुखी संस्थाका रूपमा विकास गर्न आफू पूर्ण प्रतिबद्ध रहेको गौतमले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण