धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
शुक्रबार, २६ असार २०८३, १७ : १४
सारांश
- काठमाडौँको बल्खुमा मृत भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
- ती महिला रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी थिइन् र उनको शव खोजी गर्दा भेटिएको थियो ।
- मृतकको पहिचान अझै खुल्न नसकेको र प्रहरीले पहिचान गर्ने प्रयास गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँको बल्खुमा मृत भेटिएकी महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बिहीबार साँझ करिब ३५ वर्षीया महिलाको शव बल्खुस्थित कुमारी क्लब नजिक बागमती किनारमा फेला परेको थियो । घटनास्थल मुचुल्का गरेर प्रहरीले शव शिक्षण अस्पतालमा लगेर राखेको छ ।
ती महिला रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी थिइन् । बिहीबार दिउँसो ४ बजेतिर हाम फालेकी उनको खोजी गर्दा शव भेटिएको थियो । मृतकको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने– ‘मृतकको नाम र ठेगाना अझै खुलेको छैन, पहिचान गर्ने प्रयास भइरहेको छ ।’
प्रहरी वृत्त मालिगाउँले सो घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण