नयाँ प्रणालीमार्फत राहदानी दिन सुरु
सारांश
- राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।
- नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले असार २९ गतेबाट लिइसकेका छन् ।
- विभागले नयाँ प्रणालीको स्थिरीकरणको अवधि तीन महिनासम्म रहने बताएको छ ।
काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ । विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले आज असार २९ गतेबाट लिइसकेका छन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको विभागले जनाएको छ । ‘नयाँ राहदानी लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेमा आफ्नो स्थायी बसोबास रहेको इलामा वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगहरूबाट पूर्ववत रूपमा राहदानी सेवा लिन सक्नुहुने बेहोरा अनुरोध छ’, विभागले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, नयाँ प्रणालीको स्थिरीकरणको अवधि तीन महिनासम्म रहने भएकाले केही समय अपेक्षित सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारु रहने अपेक्षा गरेको विभागको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूका २७ राष्ट्रभर साना बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
-
लन्डनमा सार्वजनिक भयो नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’
-
काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
-
गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो
-
प्रतिबन्धदेखि रणनीतिक साझेदारीसम्म : एसिया प्रशान्त क्षेत्रमा बदलिँदो भारतको भूमिका
-
जनकपुर उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण