मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

मङ्गलबार, ३० असार २०८३, ०६ : ५८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
  • प्रकृतिको जोखिम बढेकाले उपत्यका बाहिरिने सडकखण्ड बन्द गरिएको छ।
  • अन्य सडकखण्डमा पनि सवारी आवागमन रोकिएको छ।

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ ।

सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ । कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

केहीबेरअघि मात्रै नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले दुइतर्फी सडक आवागमन बन्द भएको छ । अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप