बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका निकायहरूले नागरिकहरूबीच विभेद गर्ने गरी काम गरिरहेको भन्दै लोकतन्त्रको सर्वव्यापी मान्यता विपरीत काम भएकोमा आक्रोश व्यक्त गरेका छन्।
- उनले एउटै निर्णयलाई राज्यका दुई निकायले फरक व्याख्या र कार्यान्वयन गरिरहेको भन्दै ग्वेबेलियन शैलीमा लोकतन्त्रको हत्या गर्ने अभ्यासको पुनरावृत्ति त गरिँदै छैन भनी आशङ्का व्यक्त गरेका छन्।
- भट्टराईले आफू आजीवन नयाँ अग्रगामी वैकल्पिक विचार र शक्तिको पैरवी गर्ने तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने मुद्दामा वकालत गर्ने स्पष्ट पारेका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कानुनको दृष्टिमा सबै नागरिक बराबर हुने लोकतन्त्रको सर्वव्यापी मान्यता विपरीत नागरिकहरूबिच विभेद गर्ने गरी काम भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले आफ्नो फेसबुक पोस्टमार्फत एउटै निर्णयलाई राज्यका दुई निकायले एकैसाथ फरक–फरक व्याख्या र कार्यान्वयन गरिरहेको भन्दै प्रश्न उठाएका हुन्।
न्याय सम्पादनका अनुभवी र जिम्मेवार व्यक्तिहरू तथा निकायबाटै यस्तो हुनु गम्भीर विषय भएको उनको भनाइ छ। भट्टराईले राज्यका केही अङ्गलाई ‘पवित्र’ र अरूलाई ‘अपवित्र’ घोषणा गरेर पहिले ग्वेबेलियन शैलीमा आफू अनुकूल जनमत निर्माण गर्ने र पछि नियोजित ढङ्गले लोकतन्त्रको हत्या गर्ने कतिपय देशको अभ्यासको पुनरावृत्ति त गरिँदै छैन भनी आशङ्का गरेका छन्।
आफू गत एक दशकदेखि नयाँ अग्रगामी वैकल्पिक विचार र शक्तिको पैरवी गर्दै आइरहेको र आजीवन त्यसमा दृढ रहने उनले स्पष्ट पारेका छन्। संसद्मा रहँदा र नरहँदा भ्रष्टाचार नियन्त्रण गर्न उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति निष्पक्ष छानबिन हुनुपर्ने र कारबाही गरिनुपर्ने मुद्दामा आफ्नो निरन्तर वकालत रहने उनले उल्लेख गरे।
हाल केही समय गाउँमा रहेकाले अलि ढिलो हुन गए पनि आफ्नो सम्पत्ति विवरण तोकिएको समयभित्रै बुझाउन लागेको जानकारी दिँदै उनले सबैलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरे। अंग्रेजी भनाइ ‘द रोड टु हेल इज पेभ्ड विथ गुड इन्टेन्सन्स’ अर्थात् ‘नरक जाने बाटो राम्रै उद्देश्यले बनाइएको हुन्छ’ भन्ने जस्तो अवस्था नहोस् भन्दै उनले सचेत गराएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण