नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
मङ्गलबार, ३० असार २०८३, २१ : ०८
सारांश
- काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच जना प्रतिवादीलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
- न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी उद्योग लगायतका कसुरमा नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गर्दै न्यूनतम सजाय तोकेको हो।
- यस प्रकरणमा अदालतले कुल १६ जनालाई दोषी ठहर गर्दै विभिन्न समयको कैद र जरिवाना सुनाएको छ।
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पाँच जना प्रतिवादीलाई जनही एक वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै यो प्रकरणमा संलग्न देखिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
अदालतको फैसलाअनुसार उनीहरूलाई ठगी उद्योग लगायतका कसुरमा दोषी ठहर गर्दै यो न्यूनतम सजाय तोकिएको हो।
यसअघि नै पुर्पक्षका लागि थुनामा रहेकाहरूको हकमा उनीहरूले जेलमा बिताइसकेको समय यसै सजायमा कट्टा हुनेछ। यो बहुचर्चित प्रकरणमा अदालतले कुल १६ जनालाई दोषी ठहर गर्दै विभिन्न समयको कैद र जरिवाना सुनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण