एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
सारांश
- नेकपा एमालेमा करिब ४० प्रतिशत सदस्यले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन् ।
- विगतका वर्षहरूमा फागुन चैतमा सदस्यता नवीकरण गर्दै आएको एमालेले यो पटक फागुनको चुनावलाई देखाउँदै असार मसान्तसम्मलाई सदस्यता नवीकरणको समय तोकेको थियो ।
- यो वर्ष सदस्यता वृद्धि गर्ने भन्दा पनि गुणस्तरमा ध्यान दिएको एमाले सङ्गठन विभागका पूर्व सचिव माधव ढुङ्गेलले बताए ।
काठमाडौँ । नेकपा एमालेमा करिब ४० प्रतिशत सदस्यले मात्र पार्टी सदस्यता नवीकरण गरेका छन् । सो पार्टीले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्न निर्देशन दिएको थियो ।
विगतका वर्षहरूमा फागुन चैतमा सदस्यता नवीकरण गर्दै आएको एमालेले यो पटक फागुनको चुनावलाई देखाउँदै असार मसान्तसम्मलाई सदस्यता नवीकरणको समय तोकेको थियो । गत वर्ष भदौमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनले एमालेमा २ किसिमका सदस्यताको व्यवस्था गरेको थियो । जसअन्तर्गत साधारण सदस्य र सङ्गठित सदस्यका रूपमा वर्गीकरण गरेको थियो ।
‘एकीकृत तथ्याङ्क आइसकेको छैन, तर अहिलेसम्मको रिपोर्ट हेर्दा झण्डै झण्डै ४० प्रतिशत सदस्यता नवीकरण भएको जस्तो देखिन्छ’, एमाले सङ्गठन विभागका एक सदस्यले भने, ‘बर्षातको समय भएकाले समय अभाव भयो भन्ने तलबाट धेरैको गुनासो आएको छ । तर विभागले त्यसबारे केही निर्णय गरेको छैन ।’
अघिल्लो वर्ष एमालेमा ६ लाख ६५ हजार सदस्य रहेको एमालेले जनाएको थियो । यसका आधारमा हेर्दा यो वर्ष २ लाख ६६ हजार सदस्यले आफ्नो सदस्यता नवीकरण गरेका हुन् ।
‘तलबाट समय थप्न प्रेसर आएको छ । वर्षाको समय भयो, समय अलि मिलेन भन्ने छ । तर विभागले कुनै निर्णय लिएको छैन । विभागको कार्यालयको मिटिङ बस्छ र सिफारिस गर्ने अधिकार राख्छ’, ती सदस्यको भनाइ छ ।
यो वर्ष सदस्यता वृद्धि गर्ने भन्दा पनि गुणस्तरमा ध्यान दिएको एमाले सङ्गठन विभागका पूर्व सचिव माधव ढुङ्गेलको भनाइ छ । ‘यो पटक सदस्यता बढाउने नीति नै थिएन’, ढुङ्गेलले भने ‘चुनावको मत परिणामलाई हेरेर बढाउने भन्दा पनि शुद्धीकरण गर्ने पाटोलाई ध्यान दिएका छौँ ।’
नेकपा एमाले प्रचार तथा प्रसार विभाग प्रमुख नीरज आचार्यले यो पटक सबैले डिजिटल्ली रूपमा सदस्यता नवीकरण गरेको बताए ।
‘यो पटक डिजिटल्ली सदस्यता नवीकरण भएको छ । व्यक्तिगत विवरणहरू अपडेट भएका छन्’, प्रचार विभाग प्रमुख आचार्यले अवस्था हेरेर सङ्गठन विभागले सचिवालयलाई गर्ने प्रस्तावका आधारमा सदस्यता नवीकरणको समय थप्ने नथप्ने निर्णय हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
-
अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण