मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध

सोमबार, ०४ साउन २०८३, १२ : ३८
सोमबार, ०४ साउन २०८३

काठमाडौँ । यातायात व्यवस्था विभागले यातायात क्षेत्रसँग सम्बन्धित डिजिटल प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन तथा नयाँ करको दर समायोजनको कार्य सुरु गरेको छ ।

विभागले सोमबार एक  सूचना जारी गर्दै यो प्राविधिक काम सम्पन्न गर्न करिब एक हप्ताको समय लाग्ने जानकारी दिएको छ ।

यस अवधिमा प्रणाली स्तरोन्नतिको काम भइरहेकाले अति आवश्यक परेको अवस्थामा बाहेक यातायात सम्बन्धी अन्य सेवाहरू प्राप्त गर्न आगामी साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयहरूमा सम्पर्क राख्न विभागले सेवाग्राहीलाई अनुरोध गरेको छ ।

विभागका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रदेश सरकारहरूले तोकेका नयाँ करका दररेटहरू प्रणालीमा प्रविष्टि  गर्ने तथा मिलान गर्ने कार्य भइरहेको छ । यसका साथै प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन डाटाबेस माइग्रेसनको कार्य पनि सँगसँगै अगाडि बढाइएको हो । प्रणाली स्तरोन्नतिको यस कामबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति यातायात व्यवस्था विभागले क्षमासमेत मागेको छ ।

image (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप