संसदीय सुनुवाइ समिति बैठक आह्वान
सारांश
- प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समिति बैठक मङ्गलवार बिहान ११ बजेका लागि आह्वान भएको छ ।
- संसदीय सुनुवाइ समितिले प्रस्तावित नामहरू उपर उजुरी आह्वान गरेको थियो, जसको समय आइतबार सकिए पनि सोमबार साँझ ५ बजेसम्म लिइने भएको छ ।
- संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा र डा.राजीव सुब्बा तथा गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ । समितिका सचिवसमेत रहेका राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले सुनुवाइ समिति बैठक मङ्गलवार बिहान ११ बजेका लागि आह्वान भएको र बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ गर्ने कार्यसूची तय भएको जानकारी दिए ।
संसदीय सुनुवाइ समिति सचिवालयले प्रस्तावित नामहरू उपर उजुरी आह्वान गरेको थियो । १० दिनको समय राखेर आह्वान गरिएको उजुरीको समय आइतबार सकिएको थियो । तर, आइबार बिदा रहेकाले उजुरी सोमबार साँझ ५ बजेसम्म लिइने र त्यसपछि खोलिने सचिव कँडेलले जानकारी दिए ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार समेत रहेका मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
त्यही बैठकले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डा.राजीव सुब्बा र गुरु वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले तीनै जना विरुद्ध असार २६ गते उजुरी आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण