बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दाबी
काठमाडाैँ। बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । अमेरिका र इरानबिच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्ला आक्रमणको जानकारी सार्वजनिक गरेका हुन् ।
होर्मुज जलसन्धिमा ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका–इरानबिचको कमजोर युद्धविराम लगभग भङ्ग भएको छ । त्यसयता दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन् ।
अमेरिकी ‘फिफ्थ फ्लीट’ तैनाथ रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ । कुवेतको सेनाले पनि इरानबाट आक्रमण गरिएको पुष्टि गरेको छ ।
यसअघि सोमबार इरानको रिभोलुसनरी गाड्र्सले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दाबी गरेको थियो । बहराइनको राजधानी मनामामा रहेका एएफपीका संवाददाताका अनुसार साइरन बजेसँगै विस्फोटका आवाज सुनिएका थिए ।
बहराइनस्थित अमेरिकी दूतावासले इरानले मध्यमनामाका केही स्थानलाई लक्षित गर्न सक्ने सम्भावित जोखिमबारे सूचना प्राप्त भएको जनाएको छ । दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकलाई सतर्क रहन, स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा दूतावासबाट जारी सुरक्षा सूचनामाथि ध्यान दिन आग्रह गरेको छ ।
यसै महिना अमेरिका र इरानबीच युद्धविराम तथा समझदारीपत्रमा हस्ताक्षर भए पनि त्यसपछि पुनःद्वन्द्व चर्किएको छ । अमेरिकी सैन्य उपस्थितिका कारण कुवेत र बहराइन इरानी आक्रमणको मुख्य निशानामा परिरहेका छन् ।
बहराइनले इरानमाथि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ । कुवेतले पनि पानी तथा विद्युत् उत्पादन केन्द्र र तेलसम्बन्धी पूर्वाधारमा इरानी आक्रमण भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण