बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै

मङ्गलबार, ०५ साउन २०८३, १० : ४३
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • भक्तपुर नगरपालिका वडा नम्बर-१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको छ ।
  • दोलखा घर भई चाँगुनारायण नगरपालिका-९ मा बस्दै आएकी सलिना साथीहरूसँग गेस्ट हाउसमा गएकी थिइन् ।
  • प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ र सलिनासँगै गेस्ट हाउसमा गएका चार जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर एकजना किशोरीको मृत्यु भएको छ । सोमबार १८ वर्षीया सलिना श्रेष्ठ गेस्ट हाउसबाट खसेकी हुन् ।

दोलखा घर भएर चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा बस्दै आएकी सलिना आफ्ना सथिहरुसँग गेस्ट हाउसमा गएकी थिइन् । उनको शव पोष्टमार्टमका लागी दुवाकोट स्थित केएमसी अस्पतालमा पठाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले रातोपाटीलाई बताए । सलिनासँगै गेष्टहाउमा गएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानको लागि दुईजना महिला र दुईजना पुरुषलाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । 

सलिना आफैँ गेस्टहाउसबाट खसेकी हुन् वा धकेलेर लडाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप