जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
सारांश
- जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको स्वागत गर्न पुगेका कार्यकर्ताहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन् ।
- साम्पाङबाट बारम्बार धार्मिक अतिवाद फैलाउने अभिव्यक्ति आएको भन्दै हिन्दु सम्राट सेनाले विरोध गरेको छ ।
- विवादका कारण मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ र भागदौडको स्थिति सिर्जना भएको छ ।
जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने भएपछि स्वागतका लागि पुगेका कार्यकर्ताहरू मन्दिरबाट लेखिटिएका छन् ।
साम्पाङ आउने थाहा भएपछि भेला भएका हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका हुन् । सो क्रममा मन्दिर परिसरमा भागदौड समेत मच्चिएको थियो ।
पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ मंगलबार दिउँसो जनकपुर आउने र जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम थियो । हिन्दु सम्राट सेनाका युवाहरूले श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङबाट बारम्बार धार्मिक अतिवाद फैलाउने अभिव्यक्ति आएको कारण उनको विरोध गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ आउने भएपछि केही मानिसले विवाद गर्न खोजेकाले सुरक्षाकर्मी मन्दिर परिसरमा परिचालन गरिएको जानकारी दिए ।
उनले रातोपाटीसँग भने, ‘उहाँ धरानबाट आउँदै हुनुुहुन्छ, अहिले बाटोमा हुनुहुन्छ, तर उहाँ नआउँदै मन्दिर परिसरमा विवादको स्थिति सिर्जना भएपछि कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छौँ ।’
मन्दिर परिसरमै भागदौडको स्थिति सिर्जना भएपछि मन्दिरको चारैतिर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्दिर प्रवेश गर्ने मुख्यद्वारमै प्रहरी परिचालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण