बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद

बुधबार, ०६ साउन २०८३, १२ : १८
बुधबार, ०६ साउन २०८३

सारांश

  • दाङको बङगलाचुली गाउँपालिका–८ स्थित पिपली जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
  • प्रहरीले गोप्य सूचनाका आधारमा झाडीभित्र लुकाइराखेको अवस्थामा बन्दुक फेला पारेको हो ।
  • बरामद गरिएका बन्दुकहरूमध्ये १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) रहेका छन् ।

दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल)बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद समेत गरी थप अनुसन्धान समेत भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप