खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
बुधबार, ०६ साउन २०८३, १४ : ०१
सारांश
- लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मोरङको रंगेलीबाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका मोहम्मद मुन्ना र मोहम्मद मुकुल रहेका छन् ।
- प्रहरीले उनीहरूको साथबाट १०१ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले मोरङको रंगेलीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बौकाहा मझरा घर भएका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल छन् ।
बुधबार ब्युरोको शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरूलाई रंगेली नगरपालिका–७ बाट पक्राउ गरेको ब्युरोका डीएसपी जीवन निरौलाले रातोपाटीलाई बताए । आरोपीहरूको साथबाट प्रहरीले १०१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । ब्युरोले आरोपीहरूलाई थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण