अपडेट
सिरहामा गोली चल्यो, दुई जना घाइते
बिहीबार, ०७ साउन २०८३, १७ : ५९
सारांश
- सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ।
- प्रहरीको गोली लागेर एक नेपाली र एक भारतीय नागरिकसहित दुई जना घाइते भएका छन्।
- लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको बताइएको छ।
सिरहा ।सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो।
प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार, घाइतेहरूको पहिचान खुलाउने र घटनाको विस्तृत अनुसन्धान गर्ने कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण