शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ

बिहीबार, ०७ साउन २०८३, १८ : २३
बिहीबार, ०७ साउन २०८३

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १५७ रनमा अलआउट भएको छ ।
  • आरिफ शेखले सर्वाधिक ४१ रनको योगदान दिए पनि नेपालको शीर्ष क्रमका ब्याटरहरू पुनः फ्लप साबित भए ।
  • नेदरल्यान्ड्सका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली ब्याटरहरूलाई दबाबमा राखेका थिए ।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध मात्र १५७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ९० बल खेल्दै ४ चौका प्रहार गरे । यस्तै गुल्शन झाले ४२ बलमा १ चौका र २ छक्काको मद्दतमा २९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन जोडे । तल्लो क्रमका करण केसी १३ रनमा अविजित रहे भने सोमपाल कामीले १० रन र आसिफ शेखले १४ रन बनाए । 

नेपालको शीर्ष क्रमका ब्याटरहरू पुनः फ्लप साबित भए । ओपनर कुशल भुर्तेल ९ रन, ईशान पाण्डे ४ रन र कप्तान रोहित पौडेल मात्र ३ रन बनाएर सस्तैमा पेभेलियन फर्किएका थिए । सन्दीप लामिछानेले भने खाता नै खोल्न सकेनन् । 

नेदरल्यान्ड्सका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली ब्याटरहरूलाई दबाबमा राखे । नेदरल्यान्ड्सका लागि अलेक्ज्यान्डर रोयले ३ विकेट लिए भने लोगान भान भिक र रोयलोफ भान डर मर्वले समान २–२ विकेट हात पारे । यस्तै काइल क्लाइनले १ विकेट लिए । 

नेपाली टोलीको ब्याटिङमा देखिएको खराब प्रदर्शनले निरन्तरता पाएको छ । यसअघि अस्ति भएको खेलमा पनि नेपाल नामिबियासँग ८ विकेटको भारी अन्तरले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप