धनगढीमा आत्मदाहको प्रयास गरेका युवकको मृत्यु*
सारांश
- कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको छ।
- आइतबार साँझ आफ्नै घरभित्र आगो लगाएका चौधरीको उपचारका क्रममा सोमबार बिहान धादिङमा मृत्यु भएको हो।
- घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।
गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौँ लगेका थिए। काठमाडौँ लैजाँदै गर्दा आइतबार अपराह्न ४ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।
मृतकको शव कैलाली फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
(यसअघि प्रकाशित समाचारमा युवक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
-
सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी
-
चन्द्रागिरिको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण