भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
सारांश
- आदिकवि भानुभक्त आचार्य र घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ०७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्।
- घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले कुँवरलाई पक्राउ गरी आपराधिक उपद्रव मुद्दामा ५ दिनको म्याद थप गरेको छ।
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा आदिकवि भानुभक्त आचार्य र प्रेरणादायि घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ०७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्।
गत साउन ०७ गते राती करिब २२:३० बजेको समयमा मध्यनेपाल नगरपालिका वडा नं. ०४ दुईपिप्ले बगैँचा रिस्ति खोलापुल नजिकै रहेको भानु घाँसी संवाद पार्कभित्रका सालिकहरूमा अज्ञात व्यक्तिहरूले तोडफोड गरी क्षति पुर्याएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले साउन ०८ गते कुँवरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका कुँवरलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
-
सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी
-
चन्द्रागिरिको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण