सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
सारांश
- सुनसरीको देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
- गृहमन्त्री सुधन गुरुङले घटनाबारे सुरक्षा प्रमुखहरूसँग छलफल गरी घटनाको बारेमा जानकारी लिएका छन् ।
- विवाद मन्दिरमा डिजे बजाएको र झन्डा हटाएर अर्को झन्डा राखेको विषयमा सुरु भएको थियो ।
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएपछि गृहमन्त्री सुधन गुरुङले घटनाबारे सुरक्षा प्रमुखहरूसँग छलफल थालेका छन् ।
सिंहदरबारमा गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायदत्त पौडेलसँग छलफल गरेका हुन् । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार घटनाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।
गएराति दुई समुदायको बिचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको हो । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
झडप सुरु भएपछि प्रहरीले ३ राउन्ड र सशस्त्रले ७ राउन्ड हवाई फायर गरेको सुरक्षाकर्मीहरूले दाबी गरेका छन् । झडपमा प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी र ९ जना स्थानीय घाइते भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले घटनास्थलमा सशस्त्रले २० राउन्ड फायर गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
-
सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी
-
चन्द्रागिरिको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण