स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ
सारांश
- स्रोत नखुलेको ४ लाख ५० हजार रुपैयाँ नगद र ई-साइकलसहित विराटनगरबाट १ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ३४ वर्षीय श्यामप्रसाद साह रहेका छन्।
- प्रहरीले बरामद रकम अवैध हुन्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशङ्कामा अनुसन्धान अघि बढाएको छ।
विराटनगर । स्रोत खुलाउन नसकेको ४ लाख ५० हजार रुपैयाँ नगद र ई–साइकलसहित विराटनगरबाट १ जना पक्राउ परेका छन् । बरामद रकम अवैध हुन्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ३४ वर्षीय श्यामप्रसाद साह रहेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहलाई आइतबार दिउँसो करिब २ बजे नेपाल–भारत सीमावर्ती क्षेत्र विराटनगर–१७ मटेरुवाबाट पक्राउ गरिएको हो।
भारतबाट नेपालतर्फ ई–साइकलमा आउँदै गरेका साहमाथि शङ्का लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट १ हजार दरका ४ सय ५० थान नेपाली नोट गरी कुल ४ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।
उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि साहलाई नगद र ई–साइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी विरुद्धको अनुसन्धानका लागि साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरीले रकमको स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित अवैध आर्थिक कारोबारसँगको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
-
सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी
-
चन्द्रागिरिको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण