एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्यो अनुबन्ध
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि पोखरा एभेन्जर्सले बंगलादेशी स्टार अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ ।
- विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिबको आगमनले टोलीको उपाधि दाबेदारी थप बलियो हुने क्लबको विश्वास छ ।
- शाकिबले विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट टी-२० क्रिकेट खेलिसकेका छन् र उनीसँग इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग जस्ता प्रमुख प्रतियोगिताको अनुभव छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि पोखरा एभेन्जर्सले स्टार खेलाडी शकिब हल असनलाई अनुबन्ध गरेको छ ।
बङ्गलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान शाकिब आउँदो सिजनका लागि पोखरा एभेन्जर्समा आबद्ध भएका हुन् ।
सोमवार क्लबले शाकिबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिएको औपचारिक घोषणा गरेको हो । विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिबको आगमनले टोलीको उपाधि दाबेदारी थप बलियो हुने क्लबको विश्वास छ ।
४० वर्षीय शाकिबले विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट टी–२० क्रिकेट खेलिसकेका छन् । उनले बङ्गलादेशका लागि १ सय २९ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ५ सय ५१ रन बनाउनुका साथै १ सय ४९ विकेट लिएका छन् ।
यस्तै, सबैखाले टी–२० क्रिकेटमा ४ सय ७८ खेल खेल्दै ७ हजार ८ सय ५३ रन र ५ सय १५ विकेट आफ्नो नाममा दर्ता गरेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगायत विश्वका प्रमुख फ्रेन्चाइज प्रतियोगिताको अनुभव बोकेका शाकिबलाई टी–२० क्रिकेटका प्रभावशाली अलराउन्डरमध्ये एक मानिन्छ ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहानीले शाकिबको आगमनले टोलीलाई मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
यसअघि पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरिसकेको छ । साथै, विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा समेटेको छ ।
टोलीको मुख्य प्रशिक्षकका रूपमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर बलापुवाडुगे अजन्ता विन्स्लो मेन्डिस यसअघि नै नियुक्त भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण