अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
सारांश
- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा सडकका पोलमा लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे संयुक्त रूपमा अनुगमन गरे ।
- मन्त्रीहरूले निर्धारित समयभित्र काम पूरा नगर्ने निकाय वा व्यक्तिलाई कारबाही गरिने चेतावनी दिएका छन् ।
- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षात्का कारण काममा ढिलाइ भएको बताए ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा सडकका पोलमा लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे संयुक्त रूपमा अनुगमन गरे । गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर मन्त्रीद्वयले तार हटाउने कामको निरीक्षण गर्दै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगतिबारे जानकारी लिए ।
सरकारले पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ वटा रुटमा अव्यवस्थित तार हटाउने अभियान चलाइरहेको छ ।
अनुगमनका क्रममा सञ्चारमन्त्री डा। तिमिल्सिनाले साउन १५ गतेभित्र पहिलो चरणको काम सक्ने प्रतिबद्धताअनुसार प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नागरिकले प्रत्यक्ष परिणाम महसुस गर्ने गरी काम गर्न निर्देशन दिँदै निर्धारित समयभित्र काम पूरा नगर्ने निकाय वा व्यक्तिलाई कारबाही गरिने चेतावनी दिए । प्रयोगमा नरहेका केबल तत्काल हटाउन र सेवा प्रदायकले नै आफ्ना तारको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियामकको भूमिका निर्वाह गर्दै एकीकृत कार्ययोजना कार्यान्वयन गराउन निर्देशन दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तार व्यवस्थापन र भूमिगत केबलिङ दुवै कार्यलाई प्रभावकारी बनाउन सबै निकाय जवाफदेही हुनुपर्ने बताए । न्युरोड र विशालबजारको सफलतालाई उदाहरण दिँदै उनले अन्य क्षेत्रमा पनि सोही ढाँचामा काम विस्तार गरिने जानकारी दिए । अव्यवस्थित तारको समस्या नागरिकको सुरक्षा र सहरी सौन्दर्यसँग जोडिएकाले सबै निकाय मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
अनुगमनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वर्षात्का कारण काममा केही ढिलाइ भएको बताए । साउन १५ को लक्ष्य प्रभावित भएकाले अब थप १५ दिनभित्र काम सक्ने गरी काम भइरहेको उनले स्पष्ट पारे । तारमा स्वामित्व खुल्ने ट्याग नहुनु र दिउँसो काम गर्न नपाउने व्यवस्थाका कारण समस्या भएको बताउँदै उनले सबै सेवा प्रदायकलाई तारमा अनिवार्य ट्याग राख्न निर्देशन दिइएको जानकारी दिए ।
अव्यवस्थित तारका कारण सुरक्षा जोखिम बढ्नुका साथै सहरी सौन्दर्य बिग्रेकाले सरकारले एकीकृत कार्ययोजना बनाएर यसलाई हटाउने अभियान चलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण