बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बलिउडका यी सौतेनी भाइ बहिनीबीच कस्तो छ सम्बन्ध ?

आइतबार, १० भदौ २०७५, १२ : ५४
आइतबार, १० भदौ २०७५

एक वर्षअघि हफिङ्टन पोस्टसँगको कुराकानीमा आफ्ना सौतेनी बहिनी जान्ह्वी र खुसी कपुरबारे एउटा प्रश्न सोधिएको थियो । अर्जुन कपुरले जवाफमा भनेका थिए, ‘म उनीहरुसँग त्यति भेटघाट गर्दिन् न कहिले उनीहरुसँग समय नै बिताएको छु । उनीहरु मेरो जीवनमा नभएसरी नै छन् ।’

तर अब स्थिती बदलिएको छ । श्रीदेवीको निधन पछि अर्जुनले आफ्ना बुवा र बहिनीहरुलाई अत्यधिक समर्थन गरे । अहिले उनीहरुको सम्बन्ध निकै राम्रो भइसकेको छ । रक्षाबन्धनको उपलक्ष्यमा अर्जुनले आफ्नी सौतेनी बहिनीको तस्बिर पोष्ट गर्दै उनलाई निकै प्रेमपूर्ण सन्देश दिएका छन् । यसका लागि उनको निकै तारिफसमेत गरिएको छ ।

रक्षा बन्धनको मौकामा आज हामी तपाईंलाई बलिउडका सौतेनी भाइ बहिनीबीचको सम्बन्ध कस्तो छ, त्यसबारे जानकारी दिँदै छौं ।

अर्जुन कपुर फिल्म निर्देशक बोनी कपुर र मोना सूरी कपुरका छोरा हुन् । अर्जुनकी बहिनी पनि छिन् – अंशुला कपूर । सन् २०१२ मार्च २५ तारिखमा अर्जुनकी आमाको क्यान्सरका कारण मृत्यु भयो । अर्जुनका पिता बोनी कपुरले सन् १९९६ मा श्रीदेवीसँग विवाह गरेका थिए । श्रीदेवीका दुई छोरी – जान्ह्वी र खुसी छन् । अर्जुन ३३ वर्ष पुगिसकेका छन् जबकी जान्ह्वी २१ वर्ष र खुसी १७ वर्षका भए ।

बलिउड अभिनेता सनी देओल र बबी देओल धर्मेन्द्र र प्रकाश कौरका सन्तान हुन् । सन् १९७९ मा धर्मेन्द्रले बलिउडकी ड्रिम गर्ल भनिने हेमा मालिनीसँग विवाह गरे । हेमा र धर्मेन्द्रका दुई छोरी इशा देओल र आहना देओल छन् । सुरुमा सनी र बबी इशा र आहनासँग नजिक थिए तर पछि उनीहरुबीचको सम्बन्ध बिग्रियो । पछि दुबै दाइ इशा र आहनाको विवाहमा समेत उपस्थित भएनन् ।

नायिका आलिया भट्ट निर्देशक महेश भट्ट र सोनी राजदानकी छोरी हुन् । शाहिन भट्ट आलियाकी आफ्नै दिदी हुन् । दुबैलाई एकअर्कासँग समय बिताउन मनपर्छ । आलियाकी सौतेनी दिदी र दाइ पनि छन् – पूजा भट्ट र राहुल भट्ट । पूजा र राहुल भट्ट, महेश भट्ट र किरन भट्टका सन्तान हुन् । आलिया र पूजा भट्टलाई धेरै पटक सँगै देखिएको छ र दुबैबीच राम्रो सम्बन्ध छ । पूजा र आलियाको उमेरबीच २१ वर्षको फरक छ ।

हालै फिल्म धडकमा जान्ह्वी कपुरसँग देखिएका नायक इशान खट्टर शाहिद कपुरका सौतेनी भाइ हुन् । शाहिद कपुर पंकज कपुर र निलिमा अजिमका छोरा हुन् । शाहिदकी आमा निलिमा अजिमले पछि राजेश खट्टरसँग विवाह गरेकी थिइन् । शाहिदको आफ्नो भाइ इशानसँग बलियो सम्बन्ध छ । शाहिद नीजि जीवनमा मात्र नभई व्यवसायिक रुपमा पनि आफ्ना भाइ इशानको समर्थनमा उत्रिने गर्छन् । शाहिद कपुर इशानभन्दा १५ वर्ष जेठा छन् ।

सेफ अली खान र उनकी पहिलो श्रीमती अमृता सिंहका दुई सन्तान सारा खान र इब्राहिक खान छन् । सेफले करिना कपुरसँग दोस्रो विवाह गरेका छन् । सेफ र करिनाका एक छोरा छन् – तैमुर खान । सारा र तैमुरबीच प्रेम कमै देखिएको छ तर उनी तैमुरलाई माया गर्छिन् । सारालाई धेरैपटक करिनासँग आउटिङ गरिरहेको देखिने भएकाले पनि यति अनुमान गर्न सकिन्छ । तैमुर र साराको उमेरमा लगभग २३ वर्षको फरक छ ।

संजय दत्त र उनकी पहिलो श्रीमती ऋचा शर्माकी एक छोरी छिन् – त्रिशाला दत्त । सन् २००८ मा संजय दत्तले मान्यतासँग विवाह गरेका थिए । संजय दत्त र मान्यताका दुई जुम्ल्याह सन्तान शहरान र इकरा छन् । त्रिशाला थुप्रै पटक मान्यता दत्तसँग पनि देखिएकी छिन् तर शहरान र इकरासँग त्रिशालालाई कहिले पनि देखिएको छैन । त्रिशाला अमेरिकामा बस्ने भएकाले पनि उनीहरुसँग नदेखिएको हुनसक्छ ।

जुनैद र इरा खान आमिर खानकी पूर्व पत्नी रिना दत्ताका सन्तान हुन् । दुबै आफ्नी आमासँग बस्छन् । आमिरले किरनसँग दोस्रो विवाह गरेका हुन् । आमिर र किरनका छोरा छन् – आजाद । जुनैद र इरा आफ्नो भाइलाई निकै प्रेम गर्छन् । जुनैदको जन्म सन् १९९३ मा भएको थियो भने इराको सन् १९९७ मा । यता आजाद भने सन् २०११ मा जन्मिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप