बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राधिका आप्टेले ट्रोलर्सलाई भिडियो बनाएर उल्टै ट्रोल गरिन् (भिडियोसहित)

बुधबार, १३ भदौ २०७५, ११ : ३७
बुधबार, १३ भदौ २०७५

हालै सोसल मिडियामा बलिउड अभिनेत्री राधिका आप्टेको ट्रोल गरिएको थियो । मानिसहरुले उनलाई अनलाइन भिडियो स्ट्रिमिङ वेबसाइट नेटफ्लिक्ससँग लगातार काम गरेको भन्दै उनको खिल्ली उडाएका थिए ।  

केही सोसल मिडिया प्रयोगकर्ताले सिद्धिसकेको टुथपेस्टबाट अन्तिम टुथपेस्ट निकाले झैं नेटफ्लिक्सले राधिका आप्टेको प्रतिभालाई त्यसरी नै निचोरिरहेको बताएका छन् ।

हेर्नुहोस्, राधिका आप्टेलाई ट्रोल गरिएका केही यस्ता ट्वीटः

राधिका आप्टेले हिन्दी फिल्म उद्योगमा ठूलो ब्यानरसँग काम गरेकी छैनन् । हालै उनले भनेकी थिइन्, ‘कुनै पनि अभिनेताका लागि सबैभन्दा मुश्किल कुरा ‘नाई’ भन्नु हो ।’

राधिकाले यसअघि बदलापुर, पार्च्ड र प्याडम्यानमा काम गरिसकेकी छिन् ।

तर उनले वास्तविक सफलता वेबसिरिज फर्मेटबाट पाइन् ।

नेटफ्लिक्सको सेक्रेड गेम्स, घोल र लस्ट स्टोरिजजस्ता वेबसिरिजमा उनको निकै दमदार भूमिका छ जसको निकै प्रशंसा पनि गरिएको थियो ।

थुप्रै सिरिजमा देखिने भएकाले सोसल मिडिया प्रयोगकर्ताले राधिका आप्टेलाई ट्रोल गर्न सुरु गरेका थिए ।

राधिकाको जवाफः

तर राधिका आप्टे र नेटफ्लिक्सले पनि ट्वीटरमा ट्रोल भएपछि ट्रोलर्सलाई एक सरप्राइज दिएका छन् ।

नेटफ्लिक्सले एक नयाँ भिडियो जारी गरेको छ जसमा राधिकाले नेटफ्लिक्ससँग आफ्नो अर्को वेब सिरिज ‘ओम्निप्रेजेन्ट’ बारे कुरा गरिरहेको देख्न सकिन्छ ।

भिडियोमा राधिका भन्छिन्, ‘जब नेटफ्लिक्स एउटा नयाँ अफरसहित आयो तब म थोरै हच्किएको थिएँ किनभने मैले आफूले गर्न सक्ने सबै काम गरेँ भन्ने लागेको थियो । तर जब विक्रमादित्य मोटवानीले मलाई यो सिरिजको हरेक भूमिकामा म मात्रै देखिनेछु भन्ने बताए तब मैले यसमा काम गर्ने सोच बनाएँ ।’

नेटफ्लिक्सले पनि यो भिडियो सेयर गर्दै ट्वीटरमा लेखेको छ, ‘भूमिका जेसुकै होस्, राधिका आप्टे छिन् नि !’

राधिका आप्टेको यो भिडियो हेर्दा यस्तो लाग्छ कि तपाईं कुनै नयाँ सिरिजको ‘बिहाइन्ड द सिन’ को भिडियो हेरिरहनु भएको छ ।

तर भिडियोको अन्त्यमा तपाईंलाई थाहा हुन्छ कि राधिका आप्टेले आफूलाई ट्रोल गर्नेहरुलाई कसरी ट्रोल गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप