बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जावेद अख्तरसँग किन गीत लेखाउन चाहँदैनन् मानिसहरु ?

बिहीबार, १४ भदौ २०७५, ११ : ४८
बिहीबार, १४ भदौ २०७५

बीबीसी

भारतीय गीतकार एवं लेखक जावेद अख्तरलाई धेरैजसो हामी रिसाइरहेकै देख्छौं । कहिले उनी गलत उर्दू वा हिन्दी बोलेको भन्दै रिसाउँछन् त कहिले अहिलेका गीतमाथि कटाक्ष हान्छन् ।

हालै उनले आफ्नो नयाँ फिल्म ‘पल्टन’ को एक कार्यक्रममा पुनः आफ्नो असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘केही मानिस भन्ने गर्छन् कि जावेद अख्तरसँग गीत नलेखाउ, उनले गीतमा शायरी लेखिदिन्छन् । गीतमा शायरीको माग निकै कमले गर्छन् । यदि गीतको बोलमा केही अर्थ वा गहिराई छ भने यो खतराको घण्टी हो ।’

‘जेपी दत्ता ती फिल्म निर्मातामध्येका एक हुन् जो अहिले पनि आफ्नो गीतमा अर्थ चाहन्छन् ।’

नयाँ फिल्म पलटनमा जावेद अख्तर र जेपी दत्ता एकसाथ काम गरिरहेका छन्  । जेपी दत्ता फिल्मका कथाकार हुन् जबकी जावेद अख्तर गीतकार हुन् । गीतमा संगीत अनु मलिकले भरेका छन् ।

यी तीनले पहिले पनि विभिन्न फिल्ममा काम गरिसकेका छन् ।

सन् १९९७ मा रिलिज भएको जेपी दत्ताको फिल्म बोर्डरमा पनि जावेद अख्तर नै गीतकार थिए भने अनु मलिकले संगीत दिएका थिए । २१ वर्षपछि बोर्डरको यो टोली पल्टन लिएर आउँदैछ, जुन सात सेप्टेम्बरमा रिलिज हुनेछ ।

आजकालका गीतमा अख्तरको हैरानीः

जावेद अख्तरले आजकालका गीतमा हैरानी जताएका छन् । उनी भन्छन्, ‘आजकालका गीतलाई गीत भन्ने कि नभन्ने, अन्योलमा छु ।’

जावेद भन्छन्, ‘आजकालको गीतमा गायकको आवाज र अर्केस्ट्रा, ड्रम, गिटार र तबलाको आवाज मिक्स हुन्छ । यी सबै साधान आवाजमाथि बज्ने गर्छन्, जसका कारण गायकको आवाज दबिने गर्छ । यस्तोमा आवाजलाई कहिलेकाँही खनेर निकाल्नुपर्छ, कहिले काँही न निकाल्नै सकिन्नँ । अब जब आवाज नै सुन्न मुश्किल छ भने शब्द राम्रो होस् कि नराम्रो, कसलाई फरक पर्छ र ?’

अहिलेका युवापुस्तालाई यही सुन्न मनपर्छ त भन्दा उनले निकै कडा भएर उत्तर दिए, ‘यदि यस्तो हो भने सिंगिंङ रियालिटी शोमा सबैले लता जी, रफी, मुकेश, किशोर दाको गीत किन गाउँछन् ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप