बलिउडका ४ भिलेन, जो छन् हिरो भन्दा पनि चर्चित
मुम्बई – यदि बलिउड फिल्मको ९० दशकको कुरा गर्ने हो भने सो समय रहेका भिलेनको जस्तो भूमिका सायदै आज कसैको देख्न सकिन्छ ।
उनीहरु अभिनयको दर्शक फ्यान मात्र थिएनन् । भिलेन भएपनि उनीहरुले दर्शक दिलमा राम्रो छाप छोड्न सफल थिए । ‘जुन फिल्ममा भिलेन हुँदैनन् त्यो फिल्म अधुरो हुन्छ’ भन्ने समेत बलिउडमा स्थापित भयो । बलिउडमा त्यस्ता कयौं चलचित्र बने जुन चलचित्रमा दर्शकले हिरो भन्दा बढी भिलेन रुचाए । बलिउडका ती केही भिलेन जसको नक्कल अहिले पनि दर्शकले गर्ने गरेका छन् ।
अम्रीश पुरी
बलिउडमा मोगेम्बोको नामबाट जानिने अम्रीश पुरीका यो डाइलग बुढादेखि बच्चासम्मको मुखमा झुन्डिएको छ । मिस्टर इन्डिया चलचित्र रिलिज पछि अम्रीश पुरीले भारतीय चलचित्रको भिलेन प्रवित्तिमा अलग्गै हंगामा मच्चाए । पुरी अहिले जिवित छैनन् । तर उनले निर्बाह गरेको खलनायकी अभिनय दर्शकको दिल दिमागमा ताजै छ ।
अमजद खान
बलिउडका सबैभन्दा चर्चित भिलेन पात्र गब्बर सिंह । सोले चलचित्रमा यो पात्र नहुदो हो फिल्म खल्लो लाग्थ्यो होला । यो चलचित्रको ‘कितने आदमी थे..’डाइलग सबैभन्दा हिट भएको थियो । उनले निर्बाह गरेको गब्बर सिंह पात्र बलिउड चलचित्रको इतिहासमा सबैभनदा अमर खलपात्र हो । यसको अलवा उनले कयौं चलचित्रमा भिलेनको भूमिका निर्बाह गरेका छन् ।
शक्ति कपुर
लगभग १०० फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका शक्ति कपुरले नकारात्मक भूमिकाबाट पनि दर्शकको मन जित्न सफल भए । पन्जावका बासिन्दा उनको असली नाम सुनील कपुर हो ।
डेनी डेन्जोन्पा
फिल्म घातकमा पसपर भिलेनका रोल निर्बाह गरेका डेनी भिलेन चरित्र बख्तावर सिंहको नामबाट पनि चिनिने गरेका छन् । भिलेन अभिनयबाट दर्शकको दिलमा राज गर्न सफल डेनी बलिउडका सफल भिलेन पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण