सोनाली बेन्द्रेको मृत्युको खबरमा यस्तो भन्छन् श्रीमान् गोल्डी बहल
भाजपाका विधान सभा सदस्य राम कदमले ट्वीटरमार्फत क्यान्सर पीडित सोनाली बेन्द्रको मृत्यु भएको बताएका थिए । उनको ट्वीटमा नायिकाका श्रीमान् गोल्डी बहलले प्रतिक्रिया दिएका छन् ।
गोल्डीले नाम नलिई सोसल मिडियालाई जिम्मेवार ढङ्गले चलाउन आग्रह गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘सोसल मिडियालाई जिम्मेवारीपूर्वक प्रयोग गर्न म सबैलाई आग्रक गर्दछु । हामीले कुनै पनि अफवाहलाई न त विश्वास गर्नुहुन्छ न नै त्यसलाई फैलाउन नै । यसले ती व्यक्तिको भावनालाई ठेस पुर्याउन सक्छ जो ती व्यक्तिसँग जोडिएका हुन्छन् । धन्यवाद ।’
यद्यपी, राम कदमले यसका लागि माफी मागिसकेका छन् ।
स्मरण रहोस्, सोनाली बेन्द्रे मेटास्टेटिक क्यान्सर (जुन शरिरमा तीब्र रुपमा फैलन्छ) सँग जुधिरहेकी छिन् । अहिले उनी न्यूयोर्कको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । उनीबारे राम कदमले मराठीमा ट्वीट गरेका थिए, ‘हिन्दी र मराठी सिनेमामा राज गर्ने सबैकी प्रिय सोनाली बेन्द्रे अब रहिनन् ।’
यद्यपी, पछि जब प्रयोगकर्ता र अभिनेत्रीका प्रशंसकले उनीमाथि हमला गर्न थाले तब उनले ट्वीट डिलिट गरेर अर्को ट्वीट गरे, ‘सोनाली बेन्द्रे जीबारे पछिल्लो दुइ दिनदेखि अफवाह फैलिएको थियो । म भगवानसँग उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण