ह्यूण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार
काठमाडौं । ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नाडा अटो शोमा गरेको छ । ह्यूण्डाई ईलेक्ट्रीक कार नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो ।
ईलेक्ट्रीक कारमा २८ केडब्ल्यूएच लिथियम आयोन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ केडब्ल्यूको ईलेक्ट्रीक मोटर छ, जसले एक चोटि चार्ज गरे पछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिन्छ र यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर हुन्छ ।
नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ । आयोनिकको साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन ।
उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले आयोनिकको साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्ने ह्यूण्डाईले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण