ठग्स अफ हिन्दुस्तानले पहिलो दिन नै ५० करोड कमाउने ट्रेड एनालिस्टको दाबी
भारतमा दिवालीको मौका पारेर रिलिज हुन लागेको फिल्म ठग्स अफ हिन्दुस्तानका लागि धेरैजना उत्साहित छन् । अब ट्रेड एनालिस्ट्सले यसको ओपनिङ डेको कमाईबारे दाबी गरिरहेका छन् । उनीहरुका अनुसार फिल्मले पहिलो दिन नै ५० करोड भारुको व्यापार गर्नसक्छ ।
अहिलेसम्म यी फिल्मको नाममा रेकर्डः
ओपनिङ डेमा बम्पर कमाईको रेकर्ड अहिलेसम्म शाहरुख खानको नाममा छ । शाहरुखको फिल्म ह्याप्पी न्यू इयरले ४४.९७ करोड कमाएका थिए । दोस्रो नम्बर साउथ सुपरस्टार प्रभासको फिल्म बाहुबली द कन्क्लूजनको नाममा छ जसले ४१ करोडको व्यापार गरेको थियो ।
यस्तो छ ट्रेड एनालिस्टको मतः
इन्टरटेन्मेन्ट वेबसाइट बलिउड हंगामाको खबर अनुसार ट्रेड एनालिस्ट्सको विश्लेषण सेयर गरेको छ । अक्षय राठीका अनुसार फिल्मलाई ठूलो स्टार कास्टका कारण फाइदा पुग्नेछ । तरण आदर्शका अनुसार फिल्मको स्क्रिम काउन्ट र स्टार कास्ट फिल्मको एक्स फ्याक्टर हो । जसले यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो ओपनिङ डे फिल्म बनाउन सक्छ ।
वर्षको सबैभन्दा ठूलो ओपनिङ मुभीः
कोमल नाहटाका अनुसार ठग्स अफ हिन्दुस्तान सन् २०१८ को सबैभन्दा ठूलो ओपनिङ फिल्म हुनसक्छ । देशका दुई ठूला स्टार एकसाथ आइरहेका छन् । अमोद मेहराका अनुसार बिग ओपनिङ डे बन्नुको कारण फिल्मको विषयवस्तु हो जुन मनमोहन देसाईको फिल्ममा देखिन्थ्यो । उनका अनुसार फिल्मले चार दिनमा नै दुई सय करोड कमाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण