सामाजिक सञ्जालमा यसरी उडाइँदैछ ठग्स अफ हिन्दोस्तानको मजाक
एजेन्सी । दिपावलीको अवसरमा रिलिज गरिएको अमिर खान र अमिताभ बच्चन स्टारर चलचित्र ठग्स अफ हिन्दोस्तानको समाजिक सञ्जालमा खुलेर मजाक उडाइँदैछ ।
चलचित्र रिलिज हुनुभन्दा अघि यसको ठूलो क्रेज थियो ।
तर, रिलिज भएपछि सामालोचकहरुले चलचित्रको राम्रो रिभ्यु दिएका छैनन् ।
दोस्रोतर्फ सामाजिक सञ्जालमा पनि दर्शकहरुले चलचित्रको खिल्ली उडाउन शुरु गरेका छन् ।
कयौँले चलचित्रलाई अल्छीलाग्दो, वाहियात र फ्लप रहेको बताइरहेका छन् ।
योसँगै चलचित्रबारे मिम्स र चुटकिला यतिबेला भाइरल बनेका छन् ।
शाहरुख खानको जिरो पोस्टरलाई शेयर गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले चलचित्रलाई ‘जिरो’ रेटिङ दिएका छन् ।

त्यस्तै, चलचित्रलाई २० मिनेट हेरेपछि एक दर्शकले आलिया भट्टको चलचित्र राजीको एक भिडियो सेयर गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् । त्यसमा आलिया रुँदै गरेको देखिन्छ ।
रेस ३ भन्दा खत्तम
केआरकेले ठग्स अफ हिन्दोस्तानको सार्वजनिक प्रतिक्रियाहरु सेयर गरेका छन् । यसमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘चलचित्रको पहिलो हाफ बेकार छ । स्क्रीनप्ले सुस्त छ । कथा बेकार छ । म थिएटरमा छु र ट्वीटर चलाइरहेको छु । यसबाट नै तपाईं अनुमान गर्न सक्नुहुन्छ चलचित्र कस्तो छ । योभन्दा राम्रो छ रेस–३ थियो ।
सलमानको रेस ३ लाई आइएमडीबी वेबसाइटले विश्वको १०० घटिया चलचित्रको सूचीमा सामेल गरेको थियो ।

दर्शकले चलचित्र हेरेपछि अमिरको चलचित्र पीकेको एक डायलग सेयर गरेका छन् । जसमा अमिर भन्छन्, ‘मलाई घर जानु छ भगवान, तपाईं जे भन्नु हुन्छ म त्यही गर्छु । बस मलाई घर पुर्याइदिनु ।’
एक मीममा सेक्युरिटी गार्ड दर्शकलाई इन्टरभरको दौरान अमिताभको शो कौन बनेगा करोडपतिको डायलग बोलिरहेका छन् – तपाईं चहानुहुन्छ भने तपाईं छाड्न सक्नुहुन्छ ।

अर्को एक मिममा तपाईंले चलचित्रको साँझको टिकट बुक गर्नु भएको छ भने अमिताभको डायलग उचित छ – आज साँझ ६ बजे आफ्नो मृत्युसँग अप्वाइन्टमेन्ट छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण