मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अक्षरा हसनको निजी तस्विर लिक : भन्छिन्, ‘हरेक सेयरले मेरो घाउ झनै गहिरो हुन्छ’

शनिबार, २४ कात्तिक २०७५, १३ : ०८
शनिबार, २४ कात्तिक २०७५

एजेन्सी । अभिनेता कमल हसनकी छोरी अक्षरा हसनले आफ्नो निजी तस्विर लिक भएपछि मुम्बाई प्रहरीको साइबर सेलसँग सहयोग मागेकी छिन् ।

शुरुमा धेरैले तस्विरहरु मोर्फ्ड भएको आशंका गरेका थिए । तर, अक्षरा आफैले ट्वीट गर्दै तस्विरका कारण आफू स्तब्ध भएको बताएकी छिन् ।

अमिताभ बच्चनसँग षमिताभमा काम गरिसकेकी अक्षराले ट्वीटमा लेखेकी छिन्,

‘हालै मेरा केही निजी तस्विर इन्टरनेटमा लिक भएका छन् । यो कसले गर्यो मलाई थाहा छैन । यो निकै दुर्भाग्यपूर्ण छ । कुनै युवतीलाई यसरी शिकार बनाएर एक विकृत मनलाई मात्र खुसी मिल्छ होला ।’

हरेक शेयरले मेरो घाउ गहिरो बनाउँदैछ 

आफ्नो अर्को एक ट्वीटमा अक्षराले भनेकी छिन्,

‘जब कसैले हेडलाइनसहित यसलाई सेयर गर्छ, मेरो घाउ झनै गहिरो हुन्छ । यसले मेरो थप ह्यारासमेन्ट हुन्छ र म आफूलाई झनै असाहय महसुस गर्छु । देशमा मिटु अभियान चलिरहेको बेला यो हुनु झनै दुःख दिने हर्कत हो । यस्तो बेला पनि केही व्यक्ति एक युवतीको निजी तस्विरलाई भाइरल बनाएर आफ्नो आँखा सेक्न चाहन्छन् । कसैको निजी तस्विर लिक गरेर विकृत मानिसहरुलाई मात्र आनन्द मिल्छ होला ।’

लीक फोटोमा अक्षरा हसन सेल्फी लिँदै गरेको देखिएको छ । फोटो निकै निजी छन् ।

तर, यी फोटोहरु अक्षराले सेयर गरेकी होइनन् । उनी साइबर क्राइमको शिकार बनेकी हुन् ।

फोटो एक्ट्रेस दिवाना नाम गरेको ट्वीटर ह्याण्डलबाट सेयर गरिएको थियो ।

धर्म परिवर्तनको विषयले चर्चामा

सन् २०१७ मा बौद्ध धर्ममा आफ्नो रुची जाहेर गरेको रुचीको कारण चर्चामा थिइन् । सामाजिक सञ्जालमा उनको ट्रोल गरिँदा पिता कमल हसन उनको साथमा उभिएका थिए ।

२७ वर्षकी अक्षराले सन् २०१५ मा सुपरस्टार अमिताभ बच्चनसँग षमिताभ चलचित्रबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

त्यसपछि उनी नसीरुद्दीन शाहको छोरा विवान शाहसँग लालीकी शादीमे लड्डु दीवानामा पनि देखिएकी थिइन् ।

त्यस्तै सुपरस्टार अजीत कुमार स्टारर तामिल चलचित्र विवेगममा पनि उनले विशेष भूमिका निभाएकी थिइन् ।

हाल उनी पिताको चलचित्रमा एसिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप