क्यालिफोर्नियको आगलागीले दर्जन बढी सेलिब्रिटी प्रभावितः कतिले घर छोडे, कतिले घर जेलेको टिभीमा हेरे
डेली मेल
किम कार्दासियन र कान्ये वेस्टको क्यालाबासासस्थित घर, केटलिन जेन्नरको मालिबुमा रहेको बंगला र चर्चित ब्याचलर म्यान्सन दक्षिणी क्यालिफोर्नियामा फैलिएको आगलागीको चपेटमा आएका छन् ।
टिएमजेडका अनुसार वुल्से फायर शुक्रबार कार्दासियन–वेस्टको घर नजिकै पुगेको छ ।
लगभग त्यही समयमा जेनरको तीन हजार पाँच सय स्क्वायर फुट, चार बेडरुम भएको घर त्यही आगोले ध्वस्त बनाएको रिपोर्ट सार्वजनिक भयो । यद्यपी, आगो घर नजिकै पुगेपछि त्यसले कुनै क्षती नपुर्याएको रिपोर्ट पछि प्रकाशित भयो ।
यस्तै, मालिबु नजिकै रहेको लेडी गागाको बंगला बाक्लो धुँवाले ढाकेको देखियो ।
साथै, विल स्मिथले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै आफ्नो घर चाँडै नै आगलागीको चपेटमा आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
कोहल कार्दासियन आफ्नी दिदी किम कार्दासियनसँगै कालाबासासस्थित हिडन हिल्स होम्स छोड्न बाध्य भएकी छिन् ।
पूर्व फुटबल स्टार एरिक विनाल्डाले अनलाईन टिभीमार्फत् आफ्नो खाली घर जलिरहेको हेरे ।
उनीहरुसँगै अन्य थुप्रै सेलिब्रिटी जस्तै, चेर, डेनिस रिचर्डस्, एलिसा मिलानो, रेन विल्सन, गुइलेर्मो देल तोरो, रोमा डाउनी, स्कटर डेरिक्सन, मेलिसा इथरिज र मार्क हामिल प्रभावित भएका छन् ।
हिल र वुल्सेको आगो प्रशान्त महासागरको पश्चिमतर्फ बढेपछि दक्षिणी क्यालिफोर्नियाका बासिन्दालाई तत्काल आफ्नो इलाका छोड्न निर्देशन दिइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण