डेनीका छोरा रिंजिंग एक्सन थ्रीलर फिल्ममार्फत बलिउडमा डेब्यु गर्दै
बलिउड अभिनेता डेनी डेनजोंगपाका छोरा रिंजिंग चाँडै नै बलिउडमा डेब्यू गर्दैछन् । रिंजिंगको डेब्यू एक्शन थ्रिलर फिल्म ‘स्क्वाड’ मार्फत हुने भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।
फिल्मको सुटिङ आगामी वर्ष अप्रिलबाट सुरु हुने बताइएको छ । रिंजिंगले अभिनय गर्ने फिल्मको निर्देशन निलेश सहायले गर्नेछन् ।
दिनमा दुईपटक तालिमः
बलिउड हंगामाको रिपोर्ट अनुसार २९ वर्षका रिंजिंग आजकाल फिल्मका लागि दिनमा दुई पटक एक्शनको तालिम लिइरहेका छन् ।
अत्यधिक खुसी छन् डेनीः
डेनीले रिंजिंगको डेब्यूको खबरमा भने, ‘अन्ततः रिंजिंगलाई फिल्मको स्क्रिप्ट मन परेकोमा मलाई निकै खुसी लागिरहेको छ । छोराले आफ्नो करियर सुरु गर्दैछन्, यो हाम्रो परिवारको लागि गर्वको कुरा हो । रिंजिंगले मबाट कुनै सहयोग लिएका छैनन् । म आशावादी छु कि उनले इन्डिष्ट्रिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनेछन् र उनले जुन कामको थालनी गर्दैछन् त्यसलाई पूर्ण न्याय गर्नेछन् भन्ने कुरामा विश्वस्त छु ।’
Flashback - Tiger Shroff with Rinzing Denzongpa pic.twitter.com/o9aEGcRYA8
— TigerShroff FC (@TigerShroff_FC) June 15, 2015
हलिउड स्टार ड्वेन जोनसनसँग तुलना हुनेछः
निर्देशक निलेश सहायका अनुसार रिंजिंग भविष्यका सबैभन्दा चर्चित एक्शन स्टार हुनेछन् । निलेश भन्छन्, ‘उनी हलिउड स्टार ड्वेन जोनसनका भारतीय जवाफ हुनेछन् ।’ फिल्म एक बच्चाको वरिपरि घुम्ने उनले बताए । यद्यपी, अन्य अभिनेता र बालकलाकार फाइनल नगरिएको उनले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण