विदेशी रेसलरले राखी सावन्तलाई उचालेर पछारिन्, अस्पताल भर्ना (फोटोफिचर)
भारतको पंचकूलाको सेक्टर ३ स्थित ताऊ देवी लाल खेल परिसरमा आयोजित सिडब्ल्यूईको ब्यानर राखिएको रेसलिङको बिग फाइटमा अभिनेत्री राखी सावन्तले एक विदेशी महिलालाई चुनौती दिँदा ठूलो मूल्य चुकाउनु परेको छ । विदेशी महिला रेसलरले राखी सावन्तलाई रिंगमा उचालेर पछारिन् जसका कारण उनलाई चोट लाग्यो र अस्पताल पुर्याउनु परेको बताइएको छ ।
आइतबार बिग फाइटको क्रममा महिला रेसलरको पनि प्रतिस्पर्धा राखिएको थियो । विदेशी महिला रेसलर रेवलले फाइट जितेपछि कोही भारतीय महिलामा दम छ भने आफूसँग प्रतिस्पर्धा गर्न खुल्ला रुपमा चुनौती दिइन् तर यसका लागि कोही महिला तयार भएनन् ।
त्यसपछि राखी सावन्त स्टेजमा आइन् र महिला रेसलरलाई च्यालेन्ज दिँदै भनिन्, ‘यदि तिमीसँग दम छ भने मसँग डान्स गरेर देखाउ ।’ त्यसपछि दुबैबीच प्रतिस्पर्धा सुरु भयो ।
राखी सावन्तको डान्स देखेर मानिसहरु हुटिङ गर्न थाले । त्यतिबेला राखी सावन्तले महिला रेसलरलाई जिस्काइन् । राखीको व्यवहारले महिला रेसलर रिसाइन् र उनलाई उचालेर पछारिन् ।
त्यसपछि राखी सावन्त चिच्याउन थालिन् । बाउन्सर रिंग भित्र आएर राखीलाई तुरुन्त उठाए ।
राखीले आयोजकलाई पिठ्युँ र पेटमा निकै दुखेको बताएपछि उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।
अहिले राखीको स्थिती ठिक बताइएको छ । उनको उपचार अझै चलिरहेको न्यूज एटिनले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण