मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छोरी साराको प्रेमीलाई सैफ अली खानले सोध्नेछन् यी तीन प्रश्न

सोमबार, २६ कात्तिक २०७५, १३ : २५
सोमबार, २६ कात्तिक २०७५

करण जोहर आफ्नो चर्चित च्याट शो ‘कफी विद करण’ को छैटौं सिजनसहित टिभीमा फिर्ता हुँदैछन् । जुसी गसिप र बलिउड स्टार्सको सनसनीपूर्ण खुलासाका लागि यो कार्यक्रम पहिलेदेखि नै निकै चर्चित छ । यो हप्ता करणको शोमा बलिउड नायिका कट्रिना कैफ र वरुण धवन पुगेका थिए । अर्को हप्ता सेफ अली खान र उनकी छोरी सारा अली खान देखिँदैछन् ।

उक्त एपिसोडको प्रिभ्यु भिडियोमा करणले सेफलाई सोधिरहेका छन्, ‘साराका प्रेमीसँग पिताले कस्ता तीन प्रश्न सबैभन्दा पहिला सोध्नेछन् ?’

प्रश्नको जवाफमा ४८ वर्षका सेफ भन्छन्, ‘राजनीतिक विचारधारा र लागुऔषध’ । सेफको कमेन्टमा करण थप्छन्, ‘पैसाबारे सोध्नु राम्रो हुनेछ, म त सबैभन्दा पहिला यहि सोध्छु ।’ त्यसपछि सैफ भन्छन्, ‘पैसा छ भने मेरी छोरीसँग विवाह गर्न सक्छौ ।’

यसमा हाँस्दै साराले सैफलाई भन्छिन्, ‘यो सुन्दा राम्रो लागेन ।’

सारा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । अभिषेक कपूरको निर्देशनमा बनेको यो फिल्ममा उनको अपोजिटमा सुशान्त सिंह राजपूत देखिँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप