कट्रिनाले भनिन्, ‘दीपिकाले आफ्नो विवाहमा मलाई बोलाइनन्’
दीपिका पादुकोण र रणबीर सिंह आफ्नो विवाहका लागि इटली पुगिसकेका छन् । उनीहरुको विवाहको तयारी यतिबेला मज्जाले चलिरहेको छ । विवाहको तयारीबीच भेन्युका विभिन्न तस्बिर पनि सोसल मिडियामा सार्वजनिक भइरहेको छ । बलिउड सेलिब्रिटी पनि यो विवाहका लागि आफ्नो खुसी व्यक्त गरिरहेका छन् ।
बलिउडबाट यो विवाहमा को–को समावेश हुँदैछन् त्यसबारे पनि चर्चा भइरहेको छ । खबरलाई विश्वास गर्ने हो भने यो रोयल विवाहमा दीपिका रणबीरको परिवार र नजिकका आफन्त मात्रै इटाली पुग्नेछन् । दीपिका रणबीरको विवाहबारे कफी विद करणमा करण जोहरले कट्रिना कैफसँग कुरा गरेका छन् ।
यो च्याट शोमा कट्रिनाले आफू विवाहको कार्डको प्रतिक्षा गरिरहेको र उनीहरुको विवाहमा निकै उत्साहित भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘तर मलाई थाहा छ विवाहको कार्ड मैले पाउने छैन ।’
स्मरण रहोस्, कट्रिना दीपिकाका पूर्व प्रेमी रणबीर कपुरकी पूर्व प्रेमिका हुन् । यसै कारण यी दुईबीच राम्रो सम्बन्ध नभएको बताइन्छ ।
रणबीर सिंह र दीपिका पादुकोण इटालीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण