रणबीरले घुँडा टेकेर दीपिकालाई प्रपोज गरे, दुलही भावुक हुँदा कसिलो अँगालो हाले
बलिउडको निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणको विवाह सोमबारबाट सुरु भएको छ । नोभेम्बर १३ मा उनीहरुको संगीत कार्यक्रम भयो । यस्तै, १४–१५ नोभेम्बरमा इटलीको लेक कोमोमा विवाह हुँदैछ ।
मिडिया रिपोर्ट अनुसार सोमबार यो जोडीले परम्पारिक कोंकणी संस्कृतिमा इन्गेजमेन्ट गरे । आज कोंकणी रिवाजमा विवाह हुँदैछ ।
रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब दीपिका भावुक भइन् । उनको आँखामा आँसु देखेपछि त्यहाँ उपस्थित सबै भावुक भएको बताइन्छ ।
डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब त्यतिबेला रणबीरले दीपिकाका लागि एक भावुक भाषण दिएर प्रेम व्यक्त गरे । रिंग सेरेमनीमा रणबीरले आफ्नो घुँडा टेकेर दीपिकाका लागि प्रेम जताए । यो देखेर दीपिका निकै भावुक भइन् । त्यतिबेला रणबीर सिंहले उनलाई निकै कसिलो अँगालो हाले ।
रणबीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गरिन्, ‘कुनै तस्बिर थिएन तब दुबैलाई सँगै देख्नु निकै शानदार थियो । आफ्नो आँसु रोक्न सकिरहेको छैन । तर यो खुसीको आँसु हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण