क्यालिफोर्निया डढेलो : जेरार्ड बटलर र माइली साइरसको घर जल्यो
एजेन्सी । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अमेरिकी इतिहासको सबैभन्दा भीषण आगलागी करार गरिएको छ ।
हालसम्म आगलागीबाट कम्तिमा ५० जनाको मृत्यु भइसकेको छ ।
आगलागीबाट बच्ने प्रयास गरिरहेकाहरु कार र घरमा जलेर मरे ।
यसमा कयौँ हलिउड सेलिब्रेटीहरुको घर पनि जलेर नष्ट भएको छ । पछिल्लो पटक जेरार्ड बटलर र माइली साइरसले सामाजिक सञ्जालमा आफ्नो घर जलेको पीडा सेयर गरेका छन् ।
हलिउड चलचित्र ३०० का एक्टर जेरार्ट बटलरले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै लेखेका छन्, ‘पूरा क्यालिफोर्नियाको लागि यो दुःखद घडी हो । घर खाली गरेपछि मालिबुस्थित घरमा फर्किएको छु । अग्निनियन्त्रकको साहस जोश र बलिदानबाट म सँधै प्रेरित रहनेछु ।’
Returned to my house in Malibu after evacuating. Heartbreaking time across California. Inspired as ever by the courage, spirit and sacrifice of firefighters. Thank you @LAFD. If you can, support these brave men and women at https://t.co/ei7c7F7cZx. pic.twitter.com/AcBcLtKmDU
— Gerard Butler (@GerardButler) November 11, 2018
माइलीको पनि घर जल्यो
गायिका माइली साइरसले आइतबार पीडितहरु प्रति समवेदना प्रकट गर्दै आफ्नो घर पनि जलेर नष्ट भएको बताइन् ।
उनले लेखेकी छिन्, ‘आगलागीबाट प्रभावितहरुका लागि म आहत छु । म भाग्यमानी थिएँ । मेरो घरपालुवा जनावर र मेरो माया सुरक्षीत रह्यौँ । यो मेरो लागि महत्पूर्ण हो ।’
Completely devestated by the fires affecting my community. I am one of the lucky ones. My animals and LOVE OF MY LIFE made it out safely & that’s all that matters right now. My house no longer stands but the memories shared with family & friends stand strong. I am grateful for
— Miley Ray Cyrus (@MileyCyrus) November 12, 2018
उनी लेख्छिन्, ‘मेरो घर अब रहेन । तर, मरो परिवार र साथीहरुसँग जुन पल बिताएँ त्यो सम्झिरहेकी छु । उनले अग्निनियन्त्रकहरुलाई आगो निभाउन सक्दो सहयोग गर्न सबैसँग अपिल पनि गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण