विपाशाका यस्ता थिए ६ अफेयर्स, तर करणसँग भयो विवाह
मुम्बई – बलिउड अभिनेत्री विपाशा बासुबारे जानकारी नहुनेसायदै होलान् । उनै विपासा विवाह पछि भने मिडिया तथा फिल्मबाट टाढा छिन् ।
उनको बलिउड अभिनय करियर निकै सफल रह्यो । उनले २०१६ मा करण सिंह ग्रोवरसँग विवाह गरेकी हुन् ।
विपाशा फिल्मी करियरका कारणले जति चर्चामा रहिन् । त्यो भन्दा बढी उनी अफेयर्सका कारणले चर्चामा रहिन् । बलिउडमा बोल्ड अभिनेत्रीको छवि बनाएकी उनले ७ औं प्रेमीसँग बिबाह गरेकी हुन् ।
मिलिन्द सोमन
मिलिन्दसँगको अफेयर्सको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । जतिबेला विपाशा मोडलिङमा थिइन् सो समय मिन्दिसँग उनको अफेयर्स रहेको थियो । केही समय साथ रहेर दुबै छुट्टिएका थिए । मिलिन्दले पनि कयौँ बलिउड चलचित्रमा काम गरेका छन् ।
डीनो मोरिया
फिल्म ‘राज’मा देखिएका अभिनेता डिनोको साथ विपाशाको दोस्रो अफेयर्स थियो । प्रेमका कारण यी दुबै बलिउडमा निकै चर्चामा थिए । तर २००२ मा दुबैले सम्बन्ध पूर्णबिराम लगाए ।
जोन अब्राहम
जोन र विपाशाको जस्तो बलिउडमा कुनै अविवाहित जोडीको चर्चा भएको छैन । दुबै ९ बर्ष रिलेसन सिपमा रहे । यी दुबै एक अर्काेसँग छुट्टीनुको कुनै खास कारण अहिलेसम्म बाँहिर आएको छैन ।
राणा दुग्गावती
‘बाहुबली’बाट चर्चामा आएका साउथ अभिनेता राणा दग्गुवतीसँग पनि विपाशाको अफेयर्स थियो । यी दुबैले २०११ मा ‘दम मारो दम’ अभिनय गरेका थिए ।
सैफअली खान
एक समय विपाशाको नाम सैफअली खानसँग पनि जोडिएको थियो । फिल्म ‘रेश २’ को सुटिङमा यी दुबै एक अर्काेको नजिक थिए । २०१२ मा सैफले करिनासँग बिबाह गरेपछि बिपाशा एक्लो भएकी थिइन् ।
हरमन बवेजा
बिपाशाको अफेयर्स हरमनसँग पनि थियो । उनले एक ट्वीटमा हरमन र आफु कपल रहेको जनाएकी थिइन् । तर केही महिनामै यी दुबै अलग भए ।
करण सिंह ग्रोवर
बिपाशा र करणले एक चलचित्रमासँगै काम गरेका थिए । अभिनय सिलसिलामा दुबै बीच प्रेम बस्यो । यी दुबैले ३० अप्रिल २०१६ मा विहे पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण