विवाह पछि यहाँ बस्नेछन् दीपिका रणबीर, दुलही झैं सजाइयो घर
रणबीर सिंह र दीपिका पादुकोण श्रीमान्–श्रीमती भएका छन् । दुबैले इटलीको लेक कोमोमा विवाह गरे । बिहिबारको विवाह पछि दुबैले आफ्नो शाही विवाहको दुई तस्बिर सोसल मिडियामा सेयर गरे । इन्टरनेटमा सार्वजनिक भएसँगै फोटाले निकै धमाका पिटेको छ ।
इटालीमा विवाह पछि मुम्बई स्थित रणबीर दीपिकाको बंगलालाई दुलही झैं सजाइएको छ ।
दीपिका पादुकोणको घरलाई बत्तीले पूरै सजाइएको छ भने रणबीर सिंहको घर पनि नयाँ दुलहीको स्वागतका लागि पूर्ण तयार छ । बंगलाभरी रंगीबिरंगी बत्ती राखिएका छन् ।
खबरका अनुसार रणबीर जुन बिल्डिङमा बस्दथे त्यसको पूरा फ्लोर खरिद गरेका छन् । भारतीय संचार माध्यमको दाबी अनुसार उक्त फ्लोरको इन्टेरियर पनि परिवर्तन गरिएको घ भने उनीहरु चाँडै नै त्यहाँ सिफ्ट हुनेछन् ।
फोटो सेयर हुने बित्तिकै जोडीलाई सुखमय दाम्पत्य जीवनको कामना गर्दै बधाईको ओइरो लागेको छ । दीपिकाको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको तस्बिरले एक घण्टामा तीस लाख बढी लाइक पाएको थियो ।
यस्तै रणबीरको अकाउन्टमा सेयर गरेको तस्बिरले पाँच लाख लाइक पाएको थियो । दुबैले यी तस्बिर ट्वीटरमा पनि सेयर गरे । दीपिकाको अकाउन्टमा एक घण्टाभित्र एक लाख बढी मानिसले यसलाई मन पराए भने १८ हजारले रिट्वीट र पाँच हजार बढीले कमेन्ट गरे ।
यस्तै, रणबीरको ट्वीटर अकाउन्टमा राखिएका फोटोले ७८ हजार लाइक, १४ हजार रिट्वीट र चार हजार कमेन्ट आएको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण