आज पुनः रेसलरसँग लड्नेछिन् राखी सावन्तः भन्छिन्, ‘पछारेको हिसाब बराबर गर्नेछु’
शुक्रबार, ३० कात्तिक २०७५, ११ : ०२
भारतको कर्नालस्थित शुक्रबार रेसलिङ म्याचको आयोजना हुँदैछ जसमा विदेशी रेसलरको सहभागिता रहनेछ । हरियाणाका मुख्यमन्त्रीलाई मुख्य अतिथीको रुपमा आमन्त्रित गरिएको छ । त्यहाँ राखी सावन्त, सपना चौधरी, अर्शी खानसँग पंजाबी गायकले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै केही दिनअघि रेसलिङमा घाइते भएकी राखी सावन्तले आफू राम्रोसँग ठिक भइसकेको जानकारी दिँदै भनिन्, ‘रेबललाई पुनः चुनौती दिन्छु । मलाई पछारेको हिसाब बराबर गर्नेछु ।’
मिडियासँगको कुराकानीमा राखीले शुक्रबारको म्याचमा धेरै मानिसहरुको उपस्थिती रहनेमा आफू विश्वस्त रहेको बताइन् । खेलको समर्थनमा यस्तो म्याचको आयोजना भइरहेको उनले बताइन् ।
विदेशी रेसलरले राखी सावन्तलाई उचालेर पछारिन्, अस्पताल भर्ना (फोटोफिचर)
विदेशी रेसलरले उचालेर पछारेपछि राखी भन्छिन्, ‘तनुश्रीले गराइन् यो सब, अब उसलाई छोड्दिनँ’
स्मरण रहोस्, आइतबार विदेशी महिला रेसलर रेवललाई राखीले चुनौती दिँएपछि उनले राखीलाई रिंगभित्र उचालेर पछारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण