माधुरी दीक्षितका जीवनका ७ विवादित क्षण
एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।
त्यसै मध्ये बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितका पनि जीवनका यस्ता गल्तीहरु छन् जसले उनलाई निकै नै पश्चाताप गराएको थियो । र ती गल्तीका कारण विवादमा समेत मुछिइन् ।
जान्नुहोस् उनका जीवनका ७ गल्तीहरुः
१. संञ्जय दत्तसँगको प्रेम
सञ्जय दत्त र माधुरी दीक्षित नब्बेको दशकमा सवैभन्दा हट जोडीको रुपमा चर्चित थिए । ‘साजन’ र ‘खलनायक’ जस्ता चलचित्रमा उनीहरुको जोडी निकै नै मन पराइएको थियो । साथै उनीहरुको ‘अफेयर’ को चर्चा पनि उत्तिकै थियो ।
चलचित्रको सेटबाट नै उनीहरुको प्रेम गाढा हुँदै गयो तर माधुरीको परिवारलाई उनीहरुको प्रेम स्वीकार्य भएन र उनीहरुको प्रेमसम्बन्ध छुट्यो ।
२. अनिल कपूरसँगको प्रेम सम्बन्ध
सञ्जय दत्तसँग सम्बन्ध तोडिने वित्तिकै उनको अनिल कपूरसँग को प्रेम सम्बन्धले निकै चर्चा पायो ।
अनिल–माधुरीको जोडी पनि निकै नै रुचाइएको थियो ।
३. विनोद खन्नासँग ‘कीस’ सीन
जब माधुरी बलिउडमा नयाँ थिइन् तब उनले चलचित्र ‘दयावान’ मा विनोद खन्नाजस्ता सीनीयर अभिनेतासँग गरेको ‘कीस’ सीनले निकै चर्चा पाएको थियो ।
अहिले जब माधुरी उक्त कुराको याद गर्छिन् त उनलाई निकै नै पश्चाताप हुने बताउँछिन् ।
४. श्रीदेवीसँग विवाद
नब्बेको दशकमा बलिउडमा श्रीदेवीको एकलौटी राज चलिरहेको थियो । त्यहि समय माधुरीको ‘तेजाव’ र ‘राम–लखन’ जस्ता चलचित्रले जबरजस्त सफलताले श्रीदेवीको सिंहासन हल्लाइदियो र यसपछि यी दुई अभिनेत्रीको बीचमा शीतयुद्ध चल्न शुरु भयो ।
५. जुही चावलासँगको विवाद
नब्बेको दशकमा जुही चावला र माधुरी दीक्षित एकै साथ बलिउड छिरेका थिए र सक्रिय पनि थिए । तर यी दुइ एकअर्कासँग प्रतिस्पर्धामा थिए । उनीहरुले एक अर्काको बारेमा कहिल्यै खुलेर केहि भनेनन् तर सञ्चार माध्यममा यी दुईको विवाद बारम्बार चर्चित बनिरह्यो ।
६. म्यागी चाउचाउको विज्ञापन
तपाईलाई थाहा नै होला म्यागी चाउचाउलाई लिएर निकै विवाद भएको थियो । जसको कारण म्यागीमा विज्ञापन गरेकी माधुरीलाई सुचना दिइएको थियो । उत्तर खण्डको ‘एफडीए’ ले असुरक्षित चाउचाउको पुष्टि गर्नको लागि उनलाई आग्रह गरेको थियो ।
७. महाराष्ट्रको ‘ब्राण्ड एम्बेसेडर’ सम्बन्धी विवाद
खबरको अनुसार माधुरी दीक्षितले महाराष्ट्रको पर्यटनका एम्बेसेडर बन्नको लागि गरिएको प्रस्ताव अस्वीकार गरिन् किनकी उनले पैसाको माग गरेकी थिइन् । जसको कारण उनी निकै विवादमा समेत मुछिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण