मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाहको ६ महिनापछि नेहा धुपियाले जन्माइन् छोरी

सोमबार, ०३ मङ्सिर २०७५, ०८ : ३८
सोमबार, ०३ मङ्सिर २०७५

बलिउड नायिका नेहा धुपियाले आइतबार छोरीलाई जन्म दिएकी छिन् । स्पटब्वयको रिपोर्ट अनुसार नेहा धुपियाले खारस्थित एक अस्पतालमा छोरी जन्माइन् । नेहा र उनकी छोरीको स्वास्थ्य ठिक भएको बताइन्छ ।

स्मरण रहोस्, नेहा धुपिया र अंगद बेदीको विवाहले निकै चर्चा बटुलेको थियो । दुबैले निकै गोप्य तरिकाले विवाह गरेर सबैलाई अचम्मित बनाएका थिए । यी दुईले सोसल मिडियामा विवाह गरेको घोषण गरेका थिए ।

विवाहको केही समयपछि नै नेहाले आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । नेहा गर्भवती भएको खबर सोसल मिडियामा निकै चर्चामा रह्यो । हालै नेहाको च्याट शोमा आनन्दले नेहाको गर्भावस्थाबारे खुलासा गरेका थिए । अंगदले बताएका थिए, ‘नेहा विवाह अघि नै गर्भवती थिइन् । जब हामीले यसबारे आमाबुवालाई भन्यौं तब हामीलाई निकै गाली गर्नुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप