अमिताभसँग फिल्म खेलेपछि मोनीले भनिन्, अब खुशीले मर्न सक्छु
एजेन्सी– सानो पर्दाबाट बलिउडमा पाइला टेकेकी अभिनेत्री मोनी रोयले अमिताभ बच्चनसँग काम गर्न पाउँदा निकै खुशी भएको बताएकी छिन् ।
आरएसएस ग्लोबलको नयाँ ब्राण्ड एम्बेसडर नियुक्त भएकी मोनीले शुक्रबार अमिताभसँग फिल्म ‘ब्रम्हास्त्र’ मा काम गर्दाको अनुभव सुनाएकी थिइन् ।
उनले महानायकसँग काम गरेपछि खुशीले मर्न सक्ने भन्दै उनीसँग काम गर्न पाउनुजस्तो सुखद क्षण अरु नहुने भन्दै खुशी व्यक्त गरिन् ।
फिल्म शुटिङको क्रममा अमिताभले कुनै सल्लाह वा सुझाव दिए वा दिएनन् भन्ने प्रश्नको जवाफमा उनले आयान मुखर्जी साथमै भएकोले अमिताभले खास सल्लाह नदिएको तर उनीसँग काम गर्दा आफ्नो ध्यान भङ्ग भएको बताइन् ।
दङग हुँदै उनले भनिन्, ‘म उहाँको अनुहार हेर्दै सोच्दै थिए कि भगवानले यस्तो सुनौलोे अवसर दिनुभयो जसका कारण मैले उहाँसँग काम गर्न पाएँ । किनकी सबैलाई थाहा छ उहाँ सुपरस्टार हुनुहुन्छ । यसकारण मैले आफूलाई निकै भाग्यमानी महसुष गरिरहेकी छु ।’
उनी फिल्म ‘ब्रम्हास्त्र’ मा पहिलोपटक अमिताभ बच्चनसँग काम गरिरहेकी छिन् । फिल्म डिसेम्बर २०१९ मा रिलीज हुनेछ । फिल्ममा रणबीर कपूर, आलिया भट्ट र अक्किनेनी नागार्जुनको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण